Online Nepal
  • शुक्रबार, १२ पुष २०८१
  • भाइलाई हराएर एमाले जाजरकोटको अध्यक्ष बने खीमबहादुर

    भाइलाई हराएर एमाले जाजरकोटको अध्यक्ष बने खीमबहादुर

    अनलाइन नेपाल
  • मंगलबार, २७ पुष २०७८
  • 1.3K
    SHARES

    काठमाडौं । नेकपा एमाले जाजरकोटको अध्यक्षमा खीमबहादुर शाही निर्वाचित भएका छन् । मंगलबार सम्पन्न मत गणना अनुसार करवीर शाहीलाई पराजित गर्दै खीमबहादुर निर्वाचित भएका हुन् ।

    विजयी खीमबहादुरले कुल ४ सय ३३ मत मध्ये २ सय १७ मत ल्याएर विजयी भए । करवीरले २ सय १० मत प्राप्त गरेका थिए । खीम र कवीर दाजुभाइ हुन् । खीम दाइ हुन् । करवीर तत्कालीन माधवकुमार नेपाल समूहमा थिए ।



    यस्तै उपाध्यक्षमा गोपाल बटाला निर्वाचित भएका छन् । उनले २ सय २५ मत प्राप्त गरे। सचिवमा वीरबहादुर गिरी निर्वाचित भएका छन् । नरबहादुर खत्रीलाई पछि पार्दै उनी विजयी भएका हुन् ।



    गिरीले २ सय १५ प्राप्त गरेका थिए भने खत्रीले १ सय ८६ मत प्राप्त गरेका छन् । यस्तै उपसचिवमा गोपाल बहादुर नेपाली र नर बहादुर बस्नेत निर्वाचित भएका छ्न् । नेपालीले सबैभन्दा बढी २ सय ५८ मत प्राप्त गरेका छन्। बस्नेतले २ सय ४७ मत प्राप्त गरेका छन् ।

    उपसचिवका उम्मेदवार रामबहादुर शाही र जयाराम न्यौपाने पराजित भएका छन् । शाहीले १ सय ५४ मत प्राप्त गरेका थिए भने न्यौपानेले १ सय ४ मत प्राप्त गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार