धनगढी । पछिल्लो एक सातायता सुदूरपश्चिम प्रदेशमा भारतबाट फर्किने नागरिकमा कोभिड–१९ संक्रमण पुष्टि हुने दर बढ्दै गएको छ ।
दैनिक कम्तीमा पनि एक सय जनामा कोरोना संक्रमण पुष्टि भइरहेको स्वास्थ्य निर्देशनालयको तथ्यांकले देखाउँछ ।
भारतमा ओमिक्रोन भेरियन्टको संक्रमण तीव्र गतिमा फैलिरहेका बेला नेपालीहरु पनि स्वदेश फिर्ता हुन थालेपछि असावधानीका कारण संक्रमण समुदायस्तरमा फैलिने जोखिम बढेको छ ।
कैलालीसँग सीमा जोडिएको गौरीफन्टा नाका भएर आउने संक्रमितहरुलाई व्यवस्थापन गर्नका लागि धनगढी उपमहानगरपालिका–३ मा एक हजार जना अटाउने क्षमताको होल्डिङ सेन्टर निर्माण भइरहेको छ ।
तर नेपाली सेनामार्फत संघीय सरकारले निर्माण गरिरहेको होल्डिङ सेन्टरको काम भने अधुरै छ ।
Leave a Reply