Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एमाले कञ्चनपुरमा निर्वाचन मार्फत् नयाँ नेतृत्व चयन हुँदै, मतदान सुरु

कञ्चनपुर । नेकपा एमाले कञ्चनपुरको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । शुक्रबार उद्घाटन भएको अधिवेशनमा सर्वसम्मतिबाट नेतृत्व चयनका लागि प्रयास भए पनि सहमति हुन नसकेपछि अन्ततः निर्वाचनबाट चयन गर्न लागिएको हो ।

साँझ ६ बजेदेखि सुरु भएको मतदान अबेर रातीसम्म सम्पन्न हुने जनाइएको छ । मतगणना भने भोलि (बुधबार) मात्रै हुने निर्वाचन समितिले जनाएको छ।

एमाले कञ्चनपुरको अध्यक्षका लागि २ नेता प्यानल नै बनाएर चुनावमा होमिएका छन् । निवर्तमान अध्यक्ष वीर बहादुर थापा र निवर्तमान सचिब सुरेन्द्र विष्ट नेतृत्वमा प्यानल नै बनाएर प्रतिस्पर्धा भइरहेको छ।

जिल्ला अधिवेशका ४९९ जना प्रतिनिधिले नयाँ नेतृत्व चयन गर्नेछन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077