Online Nepal
  • शुक्रबार, २३ कार्तिक २०८१
  • प्रधान सेनापति शर्मा स्वदेश फिर्ता

    प्रधान सेनापति शर्मा स्वदेश फिर्ता

    अनलाइन नेपाल
  • मंगलबार, २७ पुष २०७८
  • 2K
    SHARES

    काठमाडौं । नेपाली सेनाका प्रधान सेनापति (महारथी) प्रभुराम शर्मा स्वास्थ्य उपचार सकेर स्वदेश फिर्ता भएका छन् । मन्त्रिपरिषद्‌ले बिदा स्वीकृत गरेपछि शर्मा उपचारका लागि गत आइतबार (पुस १८ गते) भारतको दिल्ली गएका थिए।

    भारतमा उपचारपछि मंगलबार स्वदेश फर्किएका शर्माले मंगलबारदेखि नै प्रधानसेनापतिको कार्यभार समेत सम्हालिसकेका सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ।



    स्वास्थ्यमा समस्या आएपछि शर्माले मन्त्रिपरिषद्‌बाट १३ दिनका लागि घरबिदा स्वीकृत गराएका थिए । शर्माको उपस्थितिमा बलाधिकृत रथी बालकृष्ण कार्कीले कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी सम्हालेका थिए ।



    नेपाल सरकार मन्त्रीपरिषद्को निर्णय बमोजिम बिदामा रहनु भएका प्रधान सेनापति महारथी प्रभुराम शर्मा उपचार पश्चात आज मिति २०७८ पौष २७ गते स्वदेश फिर्ता हुनु भइ आजबाटै प्रधान सेनापतिको कार्यभार सम्हाल्नु भएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार