Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

माघी पर्वका अवसरमा तीन दिन सार्वजनिक बिदा

कैलाली । कैलालीको कैलारी गाउँपालिकाले माघी पर्वका अवसरमा तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

माघीलाई नयाँ वर्षका रुपमा मनाउने थारू समुदायलाई लक्षित गरेर कैलारी गाउँपालिकाले तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको गाउँपालिका सूचना अधिकारी यगम कलले बताए ।

‘यो गाउँपालिकामा थारू बाहुल्यता रहेको छ,’उनले भने, ‘थारू समुदायले माघीसँगै १ माघदेखि नयाँ वर्षका रुपमा मनाउने हुँदा तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरिएको हो ।’

उनका अनुसार ३० पुस देखि २ माघसम्म सार्वजनिक बिदा दिइएको छ । कैलारी गाउँपालिकाले गत वर्ष पनि तीन दिन सार्वजनिक बिदा दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077