Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पृथ्वीनारायणबारे गगनको टिप्पणी: इतिहासलाई वर्तमानको आँखाले हेर्दा न्याय संगत नहुन सक्छ

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पृथ्वीनारायण शाह राष्ट्र निर्माणको पहिलो चरणकर्ता भएको टिप्पणी गरेका छन् । तर, पृथ्वीनारायण शाहको अभियानको मुख्य उद्देश्य गोर्खा राज्यको विस्तार थियो वा नेपाल एकीकरण भन्ने सन्दर्भमा जुन कोणबाट पनि बहस गर्न सकिने थापाको भनाइ छ।

महामन्त्री थापाले मंगलबार ३०० औं पृथ्वी जयन्तीका अवसरमा पृथ्वीनारायण शाहको स्मरण गर्दै आधुनिक राज्यका लागि उनले गरेको योगदानलाई बिर्सन नहुने उल्लेख गरेका छन्।

सामाजिक संजालमा पृथ्वीनारायण शाहले गरेका योगदानबारे संक्षिप्त टिप्पणी गर्दै नेता थापाले आज हामीसंग भएको नेपालको भौगोलिक इकाइ पृथ्वीनारायण शाहको अभियानको परिणाम नै भएको बताएका छन् ।

'पश्चात प्रजातान्त्रिक अधिकारहरूको विस्तार र समुन्नतिको चरण आउँछन् । यसरी हेर्दा पृथ्वीनारायण शाह निःसन्देह नेपाल राष्ट्र निर्माणको पहिलो चरणका कर्ता हुन।' उनले लेखेका छन्।

यस्तै, थापाले अघि लेखेका छन्, 'पृथ्वीनारायण शाहको सो भुमिकालाई स्वीकार गर्दा उनका सन्ततिले गरेका जनघातको स्वीकारोक्ति हु्न्छ भन्ने डर मान्नु आबश्यक छैन । न त पृथ्वीनारायणका सन्ततिहरुले गरेका र नगरेका कामहरूको कसीमा राखेर पृथ्वीनारायण शाहको अधिमुल्यन वा अवमूल्यन गर्नु नै सही हुने रहेछ।'

'हामीले कहिले काहीँ तत्कालिन घटनाबाट प्रेरित भएर इतिहासलाई वर्तमानको आँखाबाट हेर्ने गर्दा रहेछौं त्यो पनि न्यायसंगत नहुन सक्छ। त्यसैले, त्यो समय र सन्दर्भको आलोकमा नै इतिहासको त्यो योगदानको मुल्याङकन गर्नुपर्छ,' थापाले  लेखेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077