Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • विदेशीहरुलाई फेब्रुवरी अन्तिमसम्म जापान प्रवेशमा रोक, बालबालिकालाई पनि खोप लगाउने तयारी

    विदेशीहरुलाई फेब्रुवरी अन्तिमसम्म जापान प्रवेशमा रोक, बालबालिकालाई पनि खोप लगाउने तयारी

    अनलाइन नेपाल
  • मंगलबार, २७ पुष २०७८
  • 1.1K
    SHARES

    एजेन्सी । जापानमा १२ वर्षभन्दा कम उमेरका बालबालिकालाई पनि कोरोना भाइरसविरुद्धको खोप लगाउने तयारी भएको छ।

    जापानका प्रधानमन्त्री फुमिओ किशिदाले कोरोना भाइरसको नयाँ भेरियन्टको रुपमा देखिएको ओमिक्रोन भाइरसको संक्रमण फैलिन थालेकाले बालबालिकालाई पनि खोप लगाउने तयारी भइरहेको जानकारी दिए।



    देशव्यापी खोप अभियान अन्तर्गत बालबालिकालाई पनि खोप लगाउने तयारी भइरहेकाले त्रसित नहुन पनि उनले सवैलाई अनुरोध गरेका छन् । उनले बयस्क तथा जेष्ठ नागरिकहरुलाई पनि अतिरिक्त खोपको व्यवस्था गरिएको जानकारी समेत दिए।



    बालबालिकाहरुलाई पहिलो मात्रा खोप लगाउने र बयस्क तथा जेष्ठ नागरिकहरुलाई अतिरिक्त खोप लगाउने अभियान सँगसगै चलाइने उनको भनाइ छ।

    उनले महामारी दिन प्रतिदिन तिव्र रुपमा फैलिदै गएकाले गैह्र आवासीय विदेशीहरुलाई आगामी फेब्रुअरी अन्त्यसम्ममा प्रवेश निषेध गरिएको घोषणा पनि गरे। जापानमा गत सोमबार मात्रै देशभरी छ हजार ४०० भन्दा बढी नयाँ संक्रमित थपिएको सरकारी अधिकारीहरुले जनाएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार