Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राजेन्द्र लिङ्देनको प्रश्न- पृथ्वीनारायणले एकीकरण नगरेको भए कहाँको राष्ट्रपति, कहाँको प्रधानमन्त्री ?

काठमाडौं । सरकारले पृथ्वी जयन्तीमा सार्वजनिक बिदा नदिएको भन्दै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले आक्रोश व्यक्त गरेका छन् । नेपाल एकीकरण गर्ने व्यक्तिको बारेमा सरकारले उचित सम्मान दिन नसकेको उनको आरोप छ।

मंगलबार पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्न पुगेका अध्यक्ष लिङदेनले पृथ्वीनारायणले नेपाल एकीकरण नगरदिएको भए राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवा कुन देशको राष्ट्रपति र प्रधानमन्त्री हुन्थे भनेर प्रश्न समेत गरे ।

सिंहदरबार अगाडिको पृथ्वी सालिक सामुन्ने उभिएर राप्रपा अध्यक्ष लिङ्देनले भने, ‘पृथ्वीनारायण शाहले नेपाल निर्माण नगर्नु भएको भए विद्यादेवी भण्डारी कुन देशको राष्ट्रपति र शेरबहादुर देउवा कहाँको प्रधानमन्त्री हुनुहुन्थ्यो ?’

पृथ्वी जयन्तीको अवसरकारमा सरकारले सार्वजनिक बिदा नदिए पनि राष्ट्रपति भण्डारीले भने सिंहदरबार अगाडि पुगेर शाहको सालिकमा माल्यार्पण गरेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077