Online Nepal
  • सोमबार, ३ मंसिर २०८१
  • नारायणहिटी रेष्टुरेन्ट प्रकरण: कार्यकारी निर्देशक भेषनारायण दाहालले दिए राजिनामा

    नारायणहिटी रेष्टुरेन्ट प्रकरण: कार्यकारी निर्देशक भेषनारायण दाहालले दिए राजिनामा

    अनलाइन नेपाल
  • मंगलबार, २७ पुष २०७८
  • 2.1K
    SHARES

    काठमाडौं । विवादित कम्पनी बतास समूहसँग आफ्नो नाम जोडिएपछि नारायणहिटी दरबार संग्राहलय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले राजिनामा दिएका छन् ।

    स्रोतका अनुसार मंगलबार मध्यान्ह निर्देशक दाहालले संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयमा आफ्नो राजिनामा बुझाएका हुन् ।



    यसअघि नारायणहिटी दरबार परिसरको जग्गा बतास समूहलाई ठेक्कामा दिएको विषयमा छानविन गर्न गठित समितले निर्देशक दाहाललाई दोषी ठहर गर्दै कारबाही गर्न सिफारिस गरेको थियो । सोही कारण आफू उक्त कुराबाट पन्छिन उनले राजिनामा दिएको स्रोतको भनाइ छ।



    यसअघि बतास समूहलाई नारायणहिटीमा रेष्टुरेन्ट खोल्न दिने क्रममा बिथ म्यानेजमेन्टका संचालक आनन्द बताससँग दाहालले ठूलो आर्थिक चलखेल गरेको समाचार समेत बाहिर आएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार