Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

किन प्रधानमन्त्री देउवाले पृथ्वीनारायणको शालिकमा माल्यार्पण गरेनन् ?

काठमाडौँ । राप्रपाका पूर्वअध्यक्ष कमल थापालेले पृथ्वी जयन्तीमा प्रधानमन्त्री शेरबहादुर देउवाले पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण नगर्नुलाई लिएर टिप्पणी गरेका छन्।

थापाले पृथ्वी जयन्तीको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्वराजा ज्ञानेन्द्र शाहले पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्नु प्रशंसनीय रहेको बताए।मंगलबार राष्ट्रपतिदेखि पूर्वराजा शाहले सिंहदरबारस्थित पृथ्वीनारायणको शालिकमा माल्यार्पण गरेका थिए।

थापाले यसबारे सामाजिक संजालमार्फत् ट्वीट गर्दै लेखेका छन्, 'पृथ्वी जयन्तीको अवसरमा राष्ट्रपतिद्वारा राष्ट्रनिर्माताको शालिकमा माल्यार्पण गरिनु, नेपाली सेनाले सम्मान अर्पण गर्नु प्रशंसनीय छ । यो परम्परा निरन्तर कायम रहोस्।'

यस्तै, थापाले राजा ज्ञानेन्द्रको उपस्थितिले सुनमा सुगन्ध थपेको र आमजनताको स्वस्फूर्त सहभागिता उत्साहजनक रहेको भन्दै प्रधानमन्त्री देउवाको अनुपस्थितिले ठिक नलागेको उल्लेख गरेका छन्।

थापासहित पर्यटनमन्त्री प्रेम आलेलगायतले पृथ्वीनारायणको शालिकमा माल्यार्पण गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077