Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा पृथ्वीनारायणको शालिकमा माल्यार्पण

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले सिंहदरबारको पश्चिम मूल गेटस्थित पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेका छन्।

मंगलबार ३०० औं पृथ्वी जयन्तीको अवसरमा पूर्वराजा शाहले मध्यान्ह साढे १२ बजे उनको शालिकमा माल्यार्पण गरेका हुन्। पूर्वराजा त्यहाँ पुग्दा सर्वसाधारणले उनको पक्षमा नाराबाजी गरेका थिए।

यसअघि बिहान ११ बजे राष्ट्रपति विद्यादेवी भण्डारी, संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेमबहादुर आले, राप्रपाका नेता कमल थाप लगायतले शालिकमा माल्यार्पण गरेका थिए।

प्रत्येक वर्ष पुस २७ गते मनाइने राष्ट्रनिर्माता पृथ्वी नारायणको जन्म जयन्ती मंगलबार विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077