Online Nepal
  • बुधबार, २ माघ २०८१
  • काठमाडौं र ललितपुरका बालबालिकालाई आजदेखि कोरोनाविरुद्धको खोप लगाइँदै

    काठमाडौं र ललितपुरका बालबालिकालाई आजदेखि कोरोनाविरुद्धको खोप लगाइँदै

    अनलाइन नेपाल
  • मंगलबार, २७ पुष २०७८
  • 1.5K
    SHARES

    काठमाडौं । काठमाडौं र ललितपुरका १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई आजदेखि फाइजर खोप लगाइँदैछ ।भक्तपुरमा अस्तिदेखि नै खोप लगाउन सुरु भए पनि काठमाण्डौ र ललितपुरमा भने आजदेखि खोप दिन लागिएको हो ।

    आजदेखि विद्यालय बन्द गर्ने सरकारले निर्णय गरे पनि बालबालिकाका लागि विद्यालयमै खोप केन्द्र निर्धारण गरिएको छ ।पालिकाहरुले विद्यालयसँग समन्वय गरेर खोप केन्द्र तोकेका छन् । काठमाण्डौमा मात्रै करिब दुई लाख ७० हजार बालबालिकालाई खोप लगाउने सरकारको लक्ष्य छ ।



    सरकारले तोकिएका खोप केन्द्रमा गइ भीडभाड नगरि स्वास्थ्यका मापदण्ड पूरा गरी खोप लिन आग्रह गरेको छ । यसअघि ५७ जिल्लाका बालबालिकालाई मोडर्नाको पहिलो खोप दिइएको छ ।



    काठमाण्डौ उपत्यकासहित बाँकी २० जिल्लामा फाइजर खोप दिने भनिए पनि सरकारले अहिलेलाई काठमाण्डौ र ललितपुरमा मात्र फाइजर खोप दिन लागेको हो । काभ्रेमा पनि बालबालिकालाई खोप दिन सुरु भएको छ ।

    चितवन, सिन्धुली, डडेलधुरा, सुर्खेत, मोरङ, सुनसरी, सप्तरी, धनुषा, पर्सा, कास्की, बाग्लुङ, रुपन्देही, बाँके, दाङ र कैलालीमा पनि बालबालिकालाई छिटै खोप लगाइने सरकारले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार