Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एमाले कैलालीको अध्यक्षमा रतन थापा विजयी

कैलाली । नेकपा एमाले कैलालीको अध्यक्षमा रतन थापा निर्वाचित भएका छन् ।

अध्यक्षका अर्का प्रत्यासी रणबहादुर चन्दलाई ४ मतले पराजित गर्दै थापा आठौं अधिवेशनबाट जिल्ला अध्यक्षमा निर्वाचित भएका हुन् ।

थापाले २८७ मत पाउँदा चन्दले २८३ मत पाएका हुन् । यस्तै उपाध्यक्षमा सीताराम बुढाथोकीलाई पराजित गर्दै दुर्गाप्रसाद जोशी विजयी भएका छन् । जोशीले ३२७ मत पाए भने बुढाथोकीले २०९ मत पाए ।

सचिवमा डेजी पाण्डेले २९४ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिद्वन्दी दानबहादुर विकले २६० मत पाए। यस्तै उपसचिवमा ममता चौधरी र लोकेन्द्र बहादुर शाही विजयी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077