काठमाडौं । कोरोना संक्रमितको संख्या दिनदिनै बढ्दै गएपछि नेपाल आउने यात्रुहरूलाई समेत कडाई गरिने भएको छ ।
गृह मन्त्रालयले जारी गरेको नयाँ निर्देशनअनुसार नेपाल प्रवेश गर्ने यात्रुले पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ भएको हुनुपर्ने छ ।
७२ घन्टाभित्र परीक्षण गरेको रिपोर्ट नेगेटिभ भएकाले मात्रै नेपाल प्रवेश पाउने भएका हुन् । यस्तै, पूर्ण खोप लगाएको यात्रुले मात्रै वायुसेवा बोर्डिङ पास जारी गर्न अध्यागमन विभागले मन्त्रालयले निर्देशन दिएको छ ।
यसैगरी, दक्षिण अफ्रिका लगायतका देशबाट नेपाल आउने यात्रुलाई क्वारेन्टिन आइसोलेसनको व्यवास्था लागू गर्न समेत गृह मन्त्रालयले निर्देशन दिएको छ ।
Leave a Reply