Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पृथ्वी जयन्तीमा पूर्वराजा ज्ञानेन्द्रको सन्देश: प्रजातन्त्रमा जनताको सुखबाहेक कुनै लक्ष्य हुँदैन

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्रको कीर्ति र जनताको सुखबाहेक प्रजातन्त्रको कुनै लक्ष्य हुन नसक्ने बताएका छन् ।

पूर्वराजाले पृथ्वी जयन्तीको पूर्वसन्ध्यामा एक सन्देश जारी गर्दै राष्ट्रको कीर्ति र जनताको सुखबाहेक प्रजातन्त्रको कुनै लक्ष्य हुन नसक्ने बताएका हुन् ।

‘जनइच्छा र प्रगतिसँग सरोकार नराख्ने प्रणालीका नाम जनतन्त्र, जनवाद, लोकतन्त्र, गणतन्त्र जनगणतन्त्र जेसुकै चयन गरिउन्, यसले राष्ट्रहित र जनसेवाको चरित्र धारण गरेको छैन भने त्यो निरर्थक सावित हुनेछ ।’

प्रणाली केवल साधन मात्र भएको र साधन परिवर्तनलाई नै महान उपलब्धीका रुपमा वर्णन गर्ने प्रयास हुँदै आएको भन्दै पूर्वराजाले असन्तोष समेत व्यक्त गरेका छन् ।

‘सबैभन्दा उन्नत दावि गरिएको तन्त्रमा जनताले सास्ति र राष्ट्रले अस्तित्व्प्रति नै चिन्ता गर्नुपर्ने परिस्थिति बन्छ भने त्यस्तो तन्त्रमा अभ्यासको व्यर्थ प्रयासमा समय बरबाद गर्न नहुने निश्कर्षमा पुग्न बिलम्ब गर्नु हुँदैन,’ संदेशमा भनिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077