Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • नारायणहिटीमा बतास प्रकरण: ठेक्का सम्झौतामै मिलेमतो भएको छानबिन समितिको निष्कर्ष

    नारायणहिटीमा बतास प्रकरण: ठेक्का सम्झौतामै मिलेमतो भएको छानबिन समितिको निष्कर्ष

    अनलाइन नेपाल
  • सोमबार, २६ पुष २०७८
  • 1.8K
    SHARES

    काठमाडौँ । नारायणहिटी दरबार संग्रहालय परिसरमा रेस्टुरेन्ट सञ्चालनका लागि बतास समूहलाई दिइएको छानबिन गर्न गठित समितिले आफ्नो प्रतिवेदन बुझाएको छ।

    संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव होम प्रसाद लुइटेल नेतृत्वको समितिले आफ्नो छानबिन सकेर आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेलाई प्रतिवेदन बुझाएको हो।



    समितिले बुझाएको प्रतिवेदनमा नारायणहिटी परिसरमा रेस्टुरेन्ट सञ्चालनको ठेक्काका लागि बतास समूहका ३ वटा संस्थाले प्रतिस्पर्धा गरेकाले ठेक्का सम्झौता गर्दा नै मिलेमतो भएको देखिएको बताएको छ ।



    यस्तै, रेस्टुरेन्टले प्रयोग गर्न पाउने क्षेत्रफल र स्थानको स्पष्ट सीमांकन नभएको पनि छानबिन समितिको निष्कर्ष छ ।

    ‘क्यान्टिन/क्याफेटेरियाले प्रयोग गर्न पाउने क्षेत्रफल र स्थान स्पष्ट सीमाङ्कन नगरी क्यान्टिन / क्याफेटेरिया सञ्चालन गर्न दिएको देखिँदा बढी क्षेत्र ओगटी थप निर्माण कार्य गर्न प्रोत्साहन भएको देखिन्छ, ‘समितिको प्रतिवेदनमा भनिएको छ।

    समितिले नारायणहिटी क्षेत्रमा संरचना निर्माणको कार्य तत्काल रोक्न सिफारिस गरेको छ।  त्यस्तै अनुमति पाएको भन्दा बढी क्षेत्रफलको जग्गामा स्वीकृति नलिइ नयाँ संरचनाहरु निर्माण गरेको देखिएकोले बी म्यानेजमेन्टलाई आवश्यक कारबाही गर्नुपर्ने समितिको ठहर छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार