संखुवासभा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्टको खोल ओढेकाहरु पार्टी फुटाउने काममा लागेर ध्वस्त बनाएको आरोप लगाएका छन्।
सोमबार एमालेको आठौँ जिल्ला अधिवेशनको उद्घाटन र पार्टी प्रवेश कार्यक्रमका लागि सङ्खुवासभा आइपुगेका ओलीले कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो आरोप लगाएका हुन्।
पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले कम्युनिष्टको खोल ओढेर, पार्टी फुटाएर र सरकार ढाल्नेहरु प्रतिक्रियावादी खेमामा समाहित भएका भन्दै एमाले मात्रै सच्चा वामपन्थी भएको दाबी समेत गरे।
आज हेलिकप्टरबाट सदरमुकाम खाँदबारी आइपुगेका ओलीले वर्तमान सरकारले स्थानीय तह प्रतिनिधिविहीन बनाएर कर्मचारीलाई जिम्मा लगाउने षड्यन्त्र गरिरहेको समेत बताए।
कार्यक्रममा एमाले उपाध्यक्ष विष्णु पौडेललगायत स्थानीय नेताहरुको सहभागिता रहेको थियो ।
Leave a Reply