Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पृथ्वीनारायण शाह राष्ट्र निर्माणका महानायक हुन् : मन्त्री आले

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डउनमन्त्री प्रेमबहादुर आलेले पृथ्वीनारायण शाहलाई राष्ट्र निर्माणका महान नायकको रूपमा लिनुपर्ने बताएका छन् ।

आज (सोमबार) पृथ्वी जयन्तीको अवसरमा आयोजना गरिएको नेपाल एकीकरण अभियानको  विचार गोष्ठीमा बोल्दै मन्त्री आलेले पृथ्वीनारायण शाहलाई राष्ट्र निर्माणका महान नायकको रुपमा लिनुपर्ने बताएका हुन् ।

पृथ्वीनारायण शाहका विचारहरू आजको लोकतान्त्रिक शासनमा समेत त्यत्तिकै महत्वपूर्ण र मार्गदर्शक रहेको मन्त्री आलेको भनाइ छ । नेपालीहरूले हामी नेपाली हौं भन्ने हो भने पृथ्वीनारायण शाहलाई बिर्सनु नहुने मन्त्री आलेले बताए ।

‘नेपाल ४ जात ३६ वर्णको साझा फूलबारी हो, प्रजा मोटा भए दरबार बलियो हुन्छ' भन्ने पृथ्वीनारायणका भनाइहरु आज उत्तिकै महत्वपूर्ण मन्त्री आलेको भनाइ छ ।

भोलि देशभर उनको सम्झनामा ३०० औं पृथ्वी जयन्ती मनाइदै छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077