Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • बाबुराम भट्टराईले गुण्डा लगाएर घरमा आक्रमण गराएको सरिता गिरीको आरोप

    बाबुराम भट्टराईले गुण्डा लगाएर घरमा आक्रमण गराएको सरिता गिरीको आरोप

    अनलाइन नेपाल
  • सोमबार, २६ पुष २०७८
  • 2.2K
    SHARES

    काठमाडौं । पूर्वसांसद सरिता गिरीले जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले गुण्डा लगाएर आफ्नो घरमा आक्रमण गराएको आरोप लगाएकी छिन् ।

    गिरीले सोमबार सामाजिक सञ्जालमार्फत् एक स्टाटस लेख्दै पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईमाथि यस्तो आरोप लगाएकी हुन् । घरमा छोरी मात्र भएको अवस्थामा भट्टराईले आक्रमण गरेको उनको आरोप छ।



    सामाजिक सञ्जालमा गिरीले भट्टराईबारे गम्भीर टिप्पणी गर्दै लेखेकी छन्, ‘ पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई जब तपाईं ले मेराे घरमा आफ्ना पाल्तु गुण्डाहरुबाट आक्रमण गराउनु भयाे ,घरमा मेरी छाेरी थिई । तपाईलाई थाहा छ त्यस्ताे घटनाकाे ट्रामेटिक असर कस्ताे हुन्छ ?



    यस्तै, उनले अघि लेखिकी छन्, ‘तपाईं क्रुर अपराधी हुनु हुन्छ डा. भट्टराई । तपाईंले गरेका समृद्धि र विकासका कुरा नक्कली हुन् । तपाईंले जनतालाई करकाे भार मात्र बाेकाउनु भएकाे छ । जनता बचत गर्न सकिरहेकाे छैन । ‘

    ‘मेरी छाेरीले तपाईंका गुंडाहरुकाे विरुद्धमा बयान दिएकी छ । पाँच सय रुपैया तिरी धराैटीमा छुटे तपाईंका गुंडाहरु ।सरकारवादी मुद्दाकाे हालत के हुन्छ , हामी सबैलाई थाहा छ।’ गिरीले फेसबुकमा लेखेकी छन्।

    गिरीले आफ्नी छोरीले बयान समेत दिएको उल्लेख गरेकी छिन् । उनले लेखेकी छिन्,‘मेरी छोरीले तपाईंका गुण्डाहरुको विरुद्धमा बयान दिएकी छिन् ।’-File Photo

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार