Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

'अहिलेको व्यवस्थापनबाट नेपाल एयरलाइन्स अगाडि बढ्न सक्दैन'

काठमाडौँ । अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनीले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम वर्तमान व्यवस्थापनबाट अगाडि बढ्न नसक्ने बताएका छन् ।

संघीय संसद्, प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको उपसमितिको सोमबारको बैठकमा अर्थ सचिव मरासिनीले वैकल्पिक मोडलमा नगएसम्म नेपाल वायुसेवा निगम ठीक ढंगले चल्न नसक्ने बताए ।

४७ अर्बभन्दा बढी ऋणमा डुबेको र ब्याजसम्म तिर्न सक्ने अवस्थामा नरहेको निगमबारे विकल्प खोज्नुपर्ने उनको भनाइ छ ।निगमसँग व्यवस्थापन सुधार गर्ने र कम्पनी मोडलमा सञ्चालन हुने विकल्प रहेको सचिव मरासिनीले बताए ।

अहिलेकै अवस्थामा सरकारले नेपाल वायु सेवा निगमलाई थप बजेट दिन नसक्ने भन्दै उनले नयाँ व्यवस्थापनले संस्था सबलीकरणको योजना ल्याउनु पनि उनले बताए।

विगतमा सरकारले निगम अन्तर्राष्ट्रिय स्तरमा नै प्रतिस्पर्धी बनोस् भनेर सरकारले सहयोग गरोको तर अहिले निगम धराशयी अवस्थामा पुगेको मरासिनीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077