Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • साइप्रसमा कोरोनाको नयाँ भेरियन्ट ‘डेल्टाक्रोन’ भेटियो

    साइप्रसमा कोरोनाको नयाँ भेरियन्ट ‘डेल्टाक्रोन’ भेटियो

    अनलाइन नेपाल
  • सोमबार, २६ पुष २०७८
  • 1.4K
    SHARES

    एजेन्सी । साइप्रसमा कोभिडको नयाँ भेरियन्ट फेला परेको छ । डेल्टा र ओमिक्रोन मिश्रित सो भेरियन्टलाई वैज्ञानिकहरुले डेल्टाक्रोन नाम दिएका छन् । डेल्टाक्रोनबाट २५ जना संक्रमित भएका छन् । उनीहरुमध्ये ११ जनाको अस्पतालमा उपचार भइरहेको छ ।

    युनिभर्सिटी अफ साइप्रसका प्राध्यपाक तथा लेब्रोटरी अफ बायोटेक्नोलोजी एन्ड मोलिकुलर भाइरोलोजीका प्राध्यापक लियोडियोसले भने, ‘अहिले साइप्रसमा ओमिक्रोन र डेल्टाको मिश्रित संक्रमण देखिएको छ । ’



    कोभिड संक्रमणका कारण अस्पताल भर्ना भएका विरामीमा नयाँ संक्रमण दर बढ्दो छ । यही ७ जनवरीमा डेल्टाक्रोनका २५ सिक्वेन्स जीआइएसएआईडीमा पठाइएको थियो ।



    जीआइएसएआईडी अन्तर्राष्ट्रिय डाटावेस हो, जसले भाइरसको परिवर्तन पत्ता लगाउछ । नयाँ भाइरसबारे विज्ञहरुले थप अनुसन्धान गरिरहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार