Online Nepal
  • शुक्रबार, १२ पुष २०८१
  • झारफुकको नाममा किशोरीको हत्या गरेको आरोपमा महिला प्रक्राउ

    झारफुकको नाममा किशोरीको हत्या गरेको आरोपमा महिला प्रक्राउ

    अनलाइन नेपाल
  • आइतबार, २५ पुष २०७८
  • 1.8K
    SHARES

    काठमाडौं । प्रहरीले झारफुकको नाममा किशोरीको हत्या आरोपमा एक महिलालाई प्रक्राउ गरेको छ ।

    काठमाडौंको नार्गाजुन नगरपालिका–१ मा आफूलाई माता बताउने उमा शाही ठकुरीले झारफुक केन्द्रमा झारफुक गर्ने क्रममा सिन्धुपाल्चोक चौतारा घर भएर हाल भक्तपुर ठिमी बस्ने १४ वर्षीया किशोरीको हत्या गरेको आरोपमा पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।



    शनिबार मनमोहन अस्पतालमा बालिकालाई उपचारका लागि ल्याइएको र मृत्यु भएपछि प्रहरी पुग्दा जिउभरी घाउदेखिएपछि अनुसन्धान गरिएको थियो । झारफुक गर्दा घाउ भएको खुलेपछि थप अनुसन्धान गर्दा झारफुक गर्ने महिलालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।



    झारफुक जस्तो अन्धविश्वासका कारण एक बालिकाको मृत्यु हुन गएको भन्दै सचेत रहन आग्रह गरे । उनलाई नियन्त्रणमा लिई कर्तब्य ज्यान मुद्धामा काठमाण्डौ जिल्ला अदालतबाट दिन ५ को म्याद लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बालिकाको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा राखिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार