Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एमाले जिल्ला अधिवेशन : कैलालीमा निर्वाचन प्रक्रिया भोलिसम्म स्थगित

धनगढी । नेकपा एमालेको कैलाली जिल्ला समितिको निर्वाचन प्रक्रिया सोमबारसम्मका लागि स्थगित भएको छ । अध्यक्षका दुई उम्मेदवार पक्षका कार्यकर्ताबीच झडप भएपछि निर्वाचन स्थगित भएको हो ।

अध्यक्ष पदका उम्मेदवारसमेत रहेका निवर्तमान अध्यक्ष रतन थापाले निर्वाचन समिति असक्षम भन्दै भाषण गर्दै नाराबाजी गरेपछि विवाद भएको थियो ।

विवादका क्रममा अध्यक्षका अर्का उम्मेदवार रणबहादुर थापा पक्षले जथाभावी बोलेर प्रतिनिधिहरूलाई भड्काउन नपाइने भन्दै विरोध गरेपछि दुवै पक्षबीच झडप भएको थियो ।

दुवै पक्षबीचको झडपपछि निर्वाचन समितिले भोलि बिहान ८ बजेसम्मका लागि निर्वाचन कार्यक्रम स्थगित गरिएको जनाएको छ ।

एमालेको कैलाली जिल्ला समितिको अध्यक्षका लागि रतन थापा र रणबहादुर चन्द प्यानलसहित चुनावी मैदानमा छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077