Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एमाले कैलालीको अधिवेशनमा झडप, मतदान स्थलमा तोडफोड

कैलाली । मतदान गर्ने समय लम्ब्याइएको भन्दै नेकपा एमाले कैलालीको जिल्ला अधिवेशन स्थलमा प्रतिनिधिहरूले तोडफोड गरेका छन् ।

आइतबार दिउँसोदेखि गर्ने भनिएको मतदान साँझसम्म पनि सुरु नभएपछि प्रतिनिधिहरूले नाराबाजी गर्दै मतदान स्थल (ऋद्धिसिद्धि पार्टी प्यालेस) को हलमा कुर्सी तोडफोड गर्दै नाराबाजी गरेका हुन् ।

निर्वाचन समितिले काम गर्न नसकेको भन्दै प्रतिनिधीहरुले सो समितिलाई राजीनामा दिन माग गरिरहेका छन् ।

कैलालीमा एमाले अध्यक्षका लागि वर्तमान अध्यक्ष रतन थापा र उपाध्यक्ष रणबहादुर चन्दले प्यानलसहित उम्मेदवारी दर्ता गराएका छन् ।

रतन थापा समूहले राति नै भए पनि मतदान गरिनुपर्ने अडान लगेको छ, भने चन्द पक्षले भोलि बिहानदेखि मात्रै मतदान हुनुपर्ने अडान राखेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077