काठमाडौं । सरकारले पछिल्लो समय कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि देशभरका विद्यालयहरु माघ १५ गतेसम्म बन्द गर्ने भएको छ ।
स्रोतका अनुसार आइतबार बसेको कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को बैठकले विद्यालय बन्दको निर्णय गरेको हो।
कतिपय विद्यालयमा हिउँदे विदा पनि जारी रहेको र संक्रमणको चेन ब्रेक गर्ने समय पनि रहेकाले सीसीएमसीसीले यस्तो निर्णय गरेको स्रोतको भनाइ छ।
बैठकले उक्त निर्णय कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयहरुमा सिफारिस गरिसकेको छ ।
यस्तै, वैठकले सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुन रोक लगाएको छ ।
सीसीएमसीसीले गरेका निर्णय यस्ता छन :
Leave a Reply