एजेन्सी । पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तमा आइतबार यात्रुवाहक रेलले गाडीलाई ठक्कर दिँदा तीन जनाको मृत्यु भएको छ।
स्थानीय प्रहरी स्रोतका अनुसार घटना इस्लामाबादको भगिनी शहर रावलपिंडीमा बिहान भएको थियो । रेल मुल्तान जिल्लाबाट रावलपिंडी जाँदै थियो । उक्त दुर्घटना रेलले रेलवे क्रसिङ्ग नजिकै पार्क गरिएको गाडीमा ठोक्किदा भएको जनाइएको छ ।
दुर्घटनामा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य दुईजना घाइते थिए जसको पछि अस्पतालमा उपचारका क्रममा मृत्यु भएको स्रोतले जनाएको छ ।
मृतकहरू रावलपिण्डीका बासिन्दा रहेको र उनीहरुको शव पहिचानपछि आफन्तलाई बुझाइएको छ ।
Leave a Reply