काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता शक्तिबहादुर बस्नेत र उनकी पत्नी सत्या पहाडीलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु दुवै जना होम हाइसोलेसनमा छन् ।
यसको जानकारी सत्या पहाडी आफैंले सामाजिक सन्जालमार्फत् दिएकी हुन् । उनले फेसबुकमा लेखेकी छन्, ‘तेस्रो पटक कोभिडको आक्रमण, हामी दुवै जना होम आइसोलेसनमा ।’
माओवादी केन्द्रको आठौं महाधिवेशन सकिएलगत्तै पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित माओवादीका धेरै नेता-कार्यकर्ताहरूलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।
प्रचण्डसँगै नेता नारायणकाजी श्रेष्ठ, हरिबोल गजुरेल र मातृका यादव संक्रमित छन् ।
Leave a Reply