काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको भेटवार्ता सकिएको छ ।
प्रमुख प्रतिपक्षी दलका नेता ओलीलाई भेट्न प्रधानमन्त्री देउवा शनिबार विहान भक्तपुरको बालकोटस्थित ओली निवास पुगेका थिए ।
भेटपछि पत्रकारहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै ओलीले कुराकानी सकारात्मक भएको बताए ।
स्रोतका अनुसार भेटमा एमालेले संसदमा गरिरहेको अवरोध अन्त्य गर्ने विषयमा र अमेरिकी सहायता परियोजना एमसीसी सम्झौता अगाडि बढाउने विषयमा छफल भएको थियो।
भेटपछि बाहिरिएका ओलीले कुराकानी राम्रो भएको प्रतिक्रिया दिएको बताइएको छ।
Leave a Reply