Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मध्यराति अवैध रूपमा मतदाता नामावली संकलन, एमालेले गर्‍यो तालाबन्दी

काठमाडौं । रुपन्देहीको ईलाका प्रशासन कार्यालय बुटवलमा मतदाता संकलन केन्द्रमा मध्यरातमा नामावली भरिरहेका सर्वसाधारणलाई घर पठाइएको छ ।

राति ११ बजेसम्म गृह प्रशासनकै निगरानीमा नेपाली कांग्रेस सम्बद्ध नेताहरूले अवैध रूपमा नामावली भर्ने काम गरेको भन्दै नेकपा एमालेका नेता कार्यकर्ताले तालाबन्दी गरेका थिए ।

मतदाता नामावली संकलन गर्ने क्रममा नेपाली कांग्रेस बुटवल–१९ का अध्यक्ष टिकाराम पाण्डेको नेतृत्वमा अन्य कार्यकर्ताहरू समेत परिचालन गरिएको भेटिएको छ ।

घटनाको सत्यतथ्य छानबिन हुनुपर्ने र दोषीउपर कारबाहीको माग गर्दै एमाले कार्यकर्ताले शुक्रवार राति कार्यालयमा तालाबन्दी गरेका थिए ।

गृहमन्त्री बालकृष्ण खाँणकै ठाडो निर्देशनमा रित नपुगेका व्यक्तिलाई समेत मतदाता नामावली भराउने काम भएको एमालेको आरोप छ । प्रहरी प्रशासनको निगरानीमा नियमविपरीत मध्यरातमा काम गराउने कार्य निन्दनीय र सत्ताको चरम दुरुपयोग भएको एमाले युवा नेता यम पाण्डेले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077