Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • धर्मशाला र दरबारपछि मानहुँकोट पस्यो बतास समूह, नगरपालिकासँग सम्झौता

    धर्मशाला र दरबारपछि मानहुँकोट पस्यो बतास समूह, नगरपालिकासँग सम्झौता

    अनलाइन नेपाल
  • शुक्रबार, २३ पुष २०७८
  • 1.6K
    SHARES

    तनहुँ । देशका विभिन्न स्थानमा रहेका सरकारी जमिनमा कब्जा जमाएर विवादमा तानिएको वतास समूह पर्यटकीय स्थल मानहुँकोटमा पनि जोडिन पुगेको छ ।

    नारायणहिटी संग्राहलयको १० रोपनी जग्गा कौडीको भाउमा लिजमा लिएर बतास समूहले रोयल बगैचा रेष्टुरेन्ट सञ्चालन गर्न लागेको खुलेपछि संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले रद्द गराएका छन् ।



    नारायणहिटी संग्राहलय जस्तो सुरक्षाको दृष्टिकोणले संवेदनशील मानिएको स्थानमा समेत भित्र छिर्न सफल बतास समूह तनहुँको व्यास नगरपालिका वडा नं ५ स्थित मानहुँ डाँडा समेत कब्जा गर्ने रणनीतिमा लागेको खुलेको छ । यसअघि बताससमूहले पशुपति विकास कोषभित्ररहेको धर्मशालामा पनि होटल सञ्चालन गरिरहेको छ ।



    खुलम खुल्ला सेटिङ मिलाएर सरकारी जग्गा कौडीको भाउमा लिजमा लिंदै आएको बताउने बतास समूहका प्रमुख आनन्दराज बतासले मानहुँ डाँडा ५० बर्ष लिजमा लिनका लागि प्रस्ताव पेश गरिसकेका छन् ।

    वतास समूहले पेश गरेको प्रस्तावलाई व्यास नगर कार्यपालिकाको बिहिबार बसेको कार्य पालिका बैठकले निजी साझेदारी ऐन अनुसार वतास समूहको व्यास हिल्स प्रालिबाट प्राप्त प्रस्तावलाई गण्डकी प्रदेश नीति तथा योजना आयोगसँग आवश्यक परामर्श गरी सम्बन्धित प्रस्तावकलाई थप स्पष्ट हुने गर्न लगाई सम्झौताको आवश्यक प्रक्रियालाई अगाडि बढाउने निर्णय गरेको छ ।

    वतास समूहले पेश गरेको प्रस्तावमा मानहुँकोटमा पाटनदेखि मानहुँकोटसम्म केवलकार सञ्चालन, मानहुँकोटमा होटल, जिप लाइनलगायतका संरचना निर्माण गर्ने उल्लेख छ । मानहुँकोटमा वतास समूहले ४ अर्ब रुपैयाँ लगानी गर्ने प्रस्ताव पेश गरेको छ ।

    विवादै विवदमा तानिएको बतास समूहले नारायणहिटीपछि मानहुँ डाँडा हत्याउनका लागि हतार–हतारमा सम्झौता प्रक्रिया अगाडि बढाएपछि चौतर्फी आलोचना शुरु भइसकेको छ ।

    केही वर्षअगाडिसम्म उपेक्षित व्यास नगरपालिका–५, मानहुँ डाँडा अपेक्षा गर्ने ठाउँमा परिणत भएको छ । तनहुँको सदरमुकाम दमौली बजारदेखि दक्षिण–पश्चिमतर्फ रहेको डाँडामा दृश्यावलोकनका लागि अन्तरिक पर्यटकको घुइँचो लाग्न थालेपछि सो क्षेत्र नगरपालिकाको नै उत्कृष्ट पर्यटकीय गन्तव्य बनेको हो । अहिले त्यहाँ एकैदिन १० हजारसम्म पर्यटक पुगेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार