एजेन्सी । काजकिस्तानमा जारी विरोध प्रदर्शन र हिंसाका बीच रुसको नेतृत्वमा सेना त्यहाँ पुगेको छ । कजाकिस्तानको अनुरोधमा सैनिक त्यहाँ पुगेका हुन् ।
कजाकिस्तानको आन्तरिक मन्त्रालयले हिंसामा २६ सशस्त्र अपराधी मारिएको र १८ सुरक्षा अधिकारी पनि मारिएको जनाएको छ।
तेलको मूल्यवृद्धिको विरोधमा भएको प्रदर्शनका क्रममा हिंसा बढेको छ । अमेरिका, बेलायत, फ्रान्स बाहेक संयुक्त राष्ट्रसंघले पनि सबै पक्षलाई संयमता अपनाउन अपिल गरेको छ ।
गृह मन्त्रालयले तीन हजारभन्दा बढीलाई पक्राउ गरेको जनाएको छ । त्यहाँ इन्टरनेट बन्द छ र धेरै कम जानकारी आउँदैछ । स्थानीय सञ्चारमाध्यमका अनुसार देशभर ७० वटा चेक प्वाइन्ट स्थापना गरिएको छ ।
Leave a Reply