Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • नारायणहिटी रेष्टुरेन्ट प्रकरण

    बतासलाई मन्त्री आलेको चेतावनी: तीन दिनभित्र संरचना नभत्काए आफैंले भत्काइदिने

    बतासलाई मन्त्री आलेको चेतावनी: तीन दिनभित्र संरचना नभत्काए आफैंले भत्काइदिने

    अनलाइन नेपाल
  • शुक्रबार, २३ पुष २०७८
  • 1.4K
    SHARES

    काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले नारायणहिटी संग्रहालयभित्र रेष्टुरेन्ट सञ्चालन गर्न भन्दै बतास समूहले बनाएका भौतिक संरचनाहरु हटाउन  निर्देशन दिएका छन्।

    मन्त्री आलेले बिहीबार संग्रहालय परिसरमा रेष्टुरेण्ट बनाउन दिने निर्णय गलत भएको भन्दै त्यसबारे छानविन गर्न मन्त्रालयका सहसचिवको नेतृत्वमा समिति नै गठन गर्दै यस्तो निर्देशन दिएका हुन्।



    मन्त्री आलेले आगामी आइतबार १२ बजेभित्र ती संरचना हटाउन बतास अर्गनाइजेसनलाई निर्देशन दिइसकेको र उक्त निर्देशन पालना नभए आफैं गएर भत्काउने चेतावनी समेत दिए।



    ‘मैले तीन दिनभित्र संग्राहलयभित्र रेष्टुरेन्ट सञ्चालन गर्न भनेर बनाइएका संरचनाहरु हटाउन निर्देशन दिइसकेको छु,’ मन्त्री आलेले भने, ‘ यदि आइतबार १२ बजेसम्म पनि ती संरचना हटेनन् भने म आफैं पुगेर हटाउँछु’, मन्त्री आलेको भनाइ छ ।

    बिहीबार मन्त्री आलेले सहसचिव होमप्रसाद लुइँटेलको संयोजकत्वमा छानबिन समिति गठन गरेका थिए । समितिमा कर्मचारी प्रशासन शाखाका उपसचिव टेकनारायण पौडेल, आर्थिक व्यवस्थापन महाशाखाका लेखा नियन्त्रक सूर्यमणी गौतम र कानूनका उपसचिव पुरुषोत्तम खतिवडा सदस्य छन् । समितिको सदस्य सचिवमा शाखा अधिकृत टंकबहादुर नेगी छन् ।

    समितिलाई तीन दिनभित्र छानबिन गरी प्रतिवेदन पेस गर्न निर्देशन दिइएको बताइएको छ ।

    संग्रहालय परिसरमा बतास समूहको ‘बि म्यानेजमेन्ट प्रालि’ ले उक्त रेस्टुरेन्ट बनाउन काम थालेसँगै यसको चौतर्फी बिरोध भएको थियो । नारायणहिटी संग्रहालयमा रेष्टुरेन्ट खोल्न बतास समूहलाई कौडीको मूल्यमा जग्गा उपलब्ध गराउने काम तत्कालीन पर्यटन मन्त्री योगेश भट्टराईले गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार