काठमाडौं । काठमाडौं महानगरपालिका–६ कपन राधाकृष्ण मन्दिर नजिककै लिभिङ टुगेदर बस्दै आएका युवक–युवती मृत फेला परेका छन् ।
महानगरीय प्रहरी परिसर काठमाडौँका अनुसार संखुवासभा घर भएका २५ वर्षीय अनिस जिमी र खोटाङकी युसुना राई मृत फेला परेका हुन् ।
केटाको ठूलीआमाको घरको कोठामा उनीहरुको शव भेटिएको प्रहरीले जनाएको छ । युवतीको शरिरमा धारिलो चक्कुले रोपेको धेरै चोट देखिएको छ भने केटाको घाँटीमा चक्कुले रेटेको चोट भेटिएको प्रहरीको भनाइ छ
प्रहरीले घटनास्थलबाट धारिलो हतियारसमेत बरामद भएको र घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।
Leave a Reply