Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

१६ जिल्लामा एमालेको अधिवेशन स्थगित

काठमाडौं । नेकपा एमालेको १६ जिल्लामा आज अधिवेशन नहुने भएको छ । बाँकी जिल्लाहरुको अधिवेशन भने अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट उद्घाटन गर्ने तयारी भएको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले बताए ।

प्रदेश–२ का सात जिल्लामा आन्तरिक विवादका कारणले आज अधिवेशन नहुने भएको छ । सप्तरी बाहेक सिराहा, धनुषा, सर्लाही, महोत्तरी, बारा, रौतहट र पर्साको जिल्ला अधिवेशन रोकिएको एमालेले जनाएको छ ।

संखुवासभाको जिल्ला अधिवेशन भने २६ पुसमा हुने भएको छ । त्यहाँ अध्यक्ष ओली आफैं जाने तयारी भएकाले अधिवेशन रोकिएको छ ।

रोल्पामा जिल्ला सचिवको निधन भएकाले अधिवेशन रोकिएको छ । बाँकी जिल्लाहरुमा भने चिसो र हिमपातका कारणले अधिवेशन नहुने भएको छ । मनाङ, मुस्ताङ, रुकुम पूर्व, हुम्ला, मुगु, कालिकोट र बझाङमा आज अधिवेशन नहुने रिजालले जानकारी दिए ।

गत मंसिरमा चितवनमा महाधिवेशन गरेर ओलीको नेतृत्वमा नयाँ केन्द्रीय कमिटी निर्वाचित भएको एमालेले पालिका अधिवेशन पनि एकसाथ सम्पन्न गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077