काठमाडौं । गृह मन्त्रालयले २६ जना एसएसपीको सरूवा गरेको छ ।
बुधबारको मन्त्रीस्तरीय निर्णयबाट एसएसपीहरुको सरूवा गरिएको हो । मन्त्रालयका अनुसार साविक अपराध महाशाखामा वसन्तबहादुर कुँवरआइपुगेका छन् ।
यसअघि महाशाखामा रहेका चन्द्रकुबेर खापुङ भने प्रहरी प्रधान कार्यालयमा पुगेका छन् । त्यसैगरी ट्राफिक प्रमुखमा उमेशराज जोशी आइपुगेका छन् ।
यसअघिका ट्राफिक प्रमुख जनक भट्टराई लुम्बिनी प्रदेश कार्यालय रुपन्देही पुगेका छन् ।
एसएसपी कुँवर यसअघि प्रहरी प्रवक्ताको जिम्मेवारीमा थिए । उनले चितवन नुवाकोट लगायतका जिल्लाहरुमा सफल कमाण्ड गरीसकेका छन् ।
Leave a Reply