Online Nepal
  • शुक्रबार, १४ मंसिर २०८१
  • प्रधानमन्त्री कप क्रिकेट पुस २६ गतेदेखि, खेल तालिका सार्वजनिक

    प्रधानमन्त्री कप क्रिकेट पुस २६ गतेदेखि, खेल तालिका सार्वजनिक

    अनलाइन नेपाल
  • बिहिबार, २२ पुष २०७८
  • 1K
    SHARES

    काठमाडौं । एकदिवसीय स्वरूपमा हुने प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता यस संस्करण भने ट्वान्टी-२०  स्वरूपमा हुने नेपाल क्रीकेट संघ (क्यान) जनाएको छ ।

    नेपाली राष्ट्रिय क्रिकेट टोलीले १५ फेब्रुअरीबाट ओमानमा हुने आईसीसी ट्वान्टी २० विश्वकपको ग्लोबल क्वालिफायर खेल्दैछ । उक्त प्रतियोगिताका लागि क्यानले प्रधानमन्त्री कपलाई खेलाडी छनोटको आधर बनाउने जनाएको छ ।



    क्यानले मुख्य प्रशिक्षक पुबुदु दासानायकेसँगको सल्लाहमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) यस प्रतियोगिता ट्वान्टी-२० स्वरूपमा खेलाउन अनुरोध गरेको थियो ।



    प्रतियोगिता पुस २६ देखि माघ ५ सम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ । प्रतियोगितामा तीन विभागीय टोलीसहित सात प्रदेश गरी १० टोलीले प्रतिस्पर्धा गर्नेछन् ।दस टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

    समूह ‘ए’ त्रिभुवन आर्मी, नेपाल पुलिस, कर्णाली प्रदेश, सूदुरपश्चिम र प्रदेश एक छन् ।समूह ‘बी’ मा नेपाल एपीएफ, बागमती प्रदेश, प्रदेश दुई, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार