काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले विभिन्न समयमा हराएका २६ वटा मोटरसाइकल तथा स्कुटर फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ।महाशाखामा आज १७ मोटरसाइकल र ९ वटा स्कुटर धनीलाई हस्तान्तरण गरिएको हो ।
उपत्यका र आसपासका पशुपति क्षेत्र, बौद्ध, नरेफाँट, ठिमी, सूर्यविनायक, बसुन्धारा, बानेश्वर, चावहिल, ठमेल, किर्तिपुर, सातदोबाटो, कलङ्की, बसपार्कलगायत स्थानबाट ति मोटरसाइकल हराएको थियो ।
महाशाखाको पीडित सहायता एकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक टोलीले विशेष सूचना सङ्कलन गरी मोटरसाइकल फेला पारेको हो । चालु आर्थिक वर्ष २०७८-७९ मा हराएका २२३ वटा मोटरसाइकल फेला पारी सम्बन्धित धनीलाई जिम्मा लगाएको महाशाखाले जनाएको छ ।
मोटरसाइकल चोरीमा संलग्न ३२ जनालाई कारबाहीका लागिा सम्बन्धित प्रहरी कार्यालयमा बुझाइएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।
Leave a Reply