काठमाडौँ । सरकारले विवादित कम्पनी बतास समूहलाई नारायणहिटी दरबार संग्रहालयभित्र कौडीको भाउमा रेस्टुरेन्ट सञ्चालन गर्न दिइएको विषयमा छानबिन गर्ने भएको छ ।
स्रोतका अनुसार सरकारले आज बिहीबार नारायणहिटी संग्रहालयको मूल गेटमा सञ्चालित रोयल बगैंचा रेस्टुरेन्ट ठेक्का छानबिनका लागि छानबिन समिति बनाउने भएको हो ।
जसका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव होमप्रसाद लुइँटेलको नेतृत्वमा छानबिन समिति गठन गर्ने तयारी भएको स्रोतको भनाइ छ।
समितिले नारायणहिटी संग्रहालयमा रेस्टुरेन्ट सञ्चालनका लागि ठेक्का दिइएकोबारे अध्ययन गरी एक साताभित्र प्रतिवेदन पेस गर्न गर्नेछ ।
तर, नारायणहिटीमा रेस्टुरेन्ट सञ्चालन गर्नेबारे २०७७ पुस १७ गते संग्रालयका कार्यकारी निर्देशक भेषनारायण दाहालले बतास समूहको बी म्यानेजमेन्टलाई ३ वर्षको ठेक्का दिएको सम्झौतामा उल्लेख छ।
यस सम्झौतामा तत्कालिन केपी ओली सरकारका पर्यटनमन्त्री योगेश भट्टराईको पनि मिलेमतो रहेको समाचारहरु सार्वजनिक भएका छन्। यद्यपि पूर्वमन्त्रीले भने स्वीकार गरेका छैनन्।
Leave a Reply