एजेन्सी । चेल्सीले इंग्लिस फुटबल लिग (इएफएल) कप अर्थात् कारवाओ कपको सेमिफाइनलको पहिलो लेगमा टोटेनहम हटस्परलाई पराजित गरेको छ।
प्रिमियर लिग प्रतिद्वन्द्वी टोटेनहमलाई २–० ले पराजित गर्दै चेल्सीले फाइनलमा पुग्ने सम्भावना बलियो बनाएको हो।
घरेलु मैदान स्टामफोर्ड ब्रिजमा बुधबार राति सम्पन्न खेलमा चेल्सीको जितमा काइ हाभर्टजले गोल गर्दा एक गोल उपहार पाएको थियो। खेलको दुवै गोल पहिलो हाफमै भएको थियो ।
खेलको पाँचौ मिनेटमा काई हाभर्टजको गोलमा चेल्सीले सुरुवाती अग्रता लिएको थियो । उनले मार्कोस अलन्सोको पासमा गोल गरेका थि । खेलको ३४औं मिनेटमा विन डेभिसको आत्मघाती गोलमा चेल्सीले पहिलो हाफमा २–० को अग्रता बनायो।
दोस्रो हाफमा दुवै टोलीबाट गोलका केही अवसर सिर्जना भएपनि सदुपयोग हुन नसक्दा चेल्सीले पहिलो हाफको अग्रता जोगाउँदै विजयी बन्यो।
अब दोस्रो लेग टोटेनहमको मैदानमा १२ जनवरीमा हुनेछ । यस खेलमा यही नतिजा कायम राख्न सके चेल्सी फाइनलमा पुग्नेछ। टोटेनहमलाई कम्तीमा पनि ३–० को जित आवश्यक छ।
कारवाओ कपको फाइनल २७ फेब्रुअरीमा हुनेछ। कोभिडका कारण लिभरपुल र आर्सनलबीचको खेल स्थगित हुन पुग्दा खेल तालिका प्रभावित बनेको छ।
Leave a Reply