Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु

काठमाडौं । मकवानपुरको बकैया गाउँपालिका ११ को सिमात पुल नजिक ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ ।

आज बुधवार भएको ट्र्याक्टर दुर्घटनामा घाइते भएका दुई जनालाई उपचारका लागि हेटौँडा अस्पताल ल्याएपछि डाक्टरले मृत घोषणा गरेका थिए ।

दुर्घटनामा ज्यान गुमाउनेमा कैलाली घर भएका २८ वर्षीय मीनबहादुर बुढा मगर र अर्का एक जना रहेका जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

ठिंगनबाट हेटौँडा आउँदै गरेको ना ४ त ६०७५ नम्बरको ट्र्याक्टर दुर्घटना भएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077