Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

गृह मन्त्रालयद्वारा साइबर अपराध रोक्न १० सदस्यीय कमिटी गठन

काठमाडौँ । गृह मन्त्रालयले पछिल्लो समय बढ्दै गएको साइबर अपराध रोक्न कमिटी गठन गरेको छ ।

मंगलबार साइबर सुरक्षाबारे सरोकारवाला निकायबीच भएको छलफलले यसको चुनौति तथा जोखिम न्युनीकरणको लागि कमिटी गठन गरिएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार नेपालमा हुने साइबर आक्रमण प्रवृत्ति, साइबर सुरक्षाका विद्यमान समस्या, समस्याको विश्लेषण र समाधानका उपायका प्रयोजनका लागि नीति योजना अनुगमन तथा मूल्याङ्कन महाशाखाका प्रमुख डा. भीष्मकुमार भुसालको संयोजकत्वमा १० सदस्यीय कमिटी गठन गरिएको हो।

छलफलमा महाशाखाका प्रमुख भुसालसहित गृह सचिव टेकनारायण पाण्डे, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव अनिल कुमार दत्त, साइबर ब्युरोका प्रहरी वरिष्ठ उपरीक्षक नविन्द्र अर्याललगायतहरुको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077