Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रचण्डलाई बधाई दिँदै बाबुरामले भने- प्रतिगमनविरुद्ध लड्न थप बल पुगोस्

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पुष्पकमल दाहाल 'प्रचण्ड'लाई नेकपा माओवादी केन्द्रको अध्यक्षमा पुनः निर्वाचित भएकोमा बधाई दिएका छन् । पूर्व माओवादी नेता समेत रहेका अध्यक्ष भट्टराईले सामाजिक सञ्जालमार्फत् प्रतिगमन र यथास्थितिवादविरुद्ध लड्न सक्ने बल पुगोस् भन्दै शुभकामना दिएका हुन्। भट्टराईले ट्विटरमा लेखेका छन्, ‘नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनद्वारा पार्टीको अध्यक्षमा पुनः निर्वाचित हुनुभएकोमा पुष्पकमल दाहाल प्रचण्डलाई हार्दिक बधाई तथा शुभकामना । प्रतिगमन र यथास्थितिवादविरुद्ध लड्ने अग्रगमनकारी शक्तिहरूको सहकार्य र ध्रुवीकरणमा बल पुगोस् थप शुभेच्छा ।'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077