Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या फेरी बढ्न थाल्यो

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमित बढेका छन् ।

सोमबार एकैदिन यस प्रदेशमा २८ जनामा सङ्क्रमणको पुष्टि भएको छ । यसअघि आइतबार पाँच जनामा मात्रै सङ्क्रमण देखिएको थियो ।

गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टिजेन विधिबाट ८७७ जनाको नमूना परीक्षण गर्दा २८ मा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । पीसीआरमार्फत तीन र एन्टिजेनमार्फत २५ जनामा पुष्टि भएको हो ।

पीसीआरमार्फत सेती प्रादेशिक अस्पतालमा तीन र एन्टिजेनमार्फत बैतडीका १२, कैलालीका नौ र कञ्चनपुरका चार जनामा सङ्क्रमण पुष्टि भएको छ । गएको २४ घण्टामा प्रदेशभर चार जना निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077