Online Nepal
  • शुक्रबार, २५ असोज २०८१
  • पृथ्वीनारायण शाहले प्रयोग गरेका बन्दुक पुनः प्रदर्शनीमा ल्याइने

    पृथ्वीनारायण शाहले प्रयोग गरेका बन्दुक पुनः प्रदर्शनीमा ल्याइने

    अनलाइन नेपाल
  • मंगलबार, २० पुष २०७८
  • 1.1K
    SHARES

    तत्कालीन राजा पृथ्वीनारायण शाहले प्रयोग गरेका बन्दुक झण्डै सात वर्षपछि पुनः प्रदर्शनीमा ल्याइने भएको छ ।

    २०७२ सालको भूकम्पपछि हनुमानढोका दरबार सङ्ग्रहालय परिसरमा बन्द बाकसभित्र राखिएका ती हतियारलाई गद्दी बैठकमा देख्न पाइने भएको हो ।



    यसअधि राज्यका विशिष्ट पदाधिकारीलाई मात्र विशेष अवसरमा प्रवेश दिइँदै आएको गद्दी बैठक अब सर्वसाधारणका लागि पनि खुला गरिने भएपछि गद्दी बैठकसँगै ऐतिहासिक हतियारको पनि अवलोकन गर्न पाइने भएको छ ।



    हनुमानढोका दरबार सङ्ग्रहालय विकास समितिका कार्यकारी निर्देशक सन्दीप खनालले भने, “पृथ्वीनारायण शाहको निजी बन्दुकका साथै त्यसबेला लुटिएका र नेपालमा बनेका केही हतियार प्रदर्शनीमा राख्ने भएका छौँ ।” सङ्ग्रहालय यसै महिनाबाट प्रदर्शनीका लागि खुला गरिने योजना बनाइएको छ । गोरखापत्रमा समाचार छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार