लोक सेवा आयोगले शाखा अधिकृत भर्नाका लागि खुलाइएका सबै विज्ञापन स्थगन गरेको छ ।
आयोगले सोमबार सूचना जारी गर्दै गत मंसिर २९ गते प्रकाशित राजपत्राङ्कित सबै विज्ञापन स्थगन गरेको हो ।
तृतीय श्रेणी (अप्राविधिक) शाखा अधिकृत वा सो सरहका पदको न्याय सेवा, प्रशासन सेवा र लेखा परीक्षण सेवाका सबै बढुवा सूचना र न्याय सेवा, परराष्ट्र सेवा, प्रशासन सेवा, लेखा परीक्षण सेवा र सङ्घीय संसद् सेवाका खुला तथा समावेशी समूहका सबै विज्ञापन अर्को सूचना नभएसम्मका लागि स्थगन गरिएको आयोगले जनाएको छ ।
यसमा अहिलेलाई आवेदन लिन बन्द गरिएको आयोगको सूचनामा उल्लेख छ।
Leave a Reply