Online Nepal
  • शुक्रबार, ३० कार्तिक २०८१
  • राष्ट्र बैङ्कले दियो मर्जरको कार्ययोजना पेश गर्न निर्देशन

    राष्ट्र बैङ्कले दियो मर्जरको कार्ययोजना पेश गर्न निर्देशन

    अनलाइन नेपाल
  • सोमबार, १९ पुष २०७८
  • 1.2K
    SHARES

    फाइल फोटो

    काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले क्रस होल्डिङ रहेका लघुवित्त कम्पनीहरूलाई मर्जरको कार्ययोजना पेश गर्न निर्देशन दिएको छ ।

    केन्द्रीय बैङ्कले सोमबार एक निर्देशन जारी गर्दै क ख र ग वर्गका एउटै बैङ्क तथा वित्तीय संस्थाको १० प्रतिशतभन्दा बढी शेयर स्वामित्व रहेका संस्थाहरू बिच एक आपसमा मर्ज हुन कार्ययोजना पेश गर्न निर्देशन दिएको हो ।



    त्यस्तै इजाजतप्राप्त एकभन्दा बढी क ख र ग वर्गका बैङ्क तथा वित्तीय संस्थाको ५१ प्रतिशतभन्दा बढी शेयर स्वामित्व रहेको लघुवित्त वित्तीय संस्थाहरूले एक आपसमा गाभ्न गाभिन तथा प्राप्तिमा जान २०७९ असार मसान्तभित्र राष्ट्र बैङ्कलाई कार्ययोजना पेश गर्न निर्देशन दिएको हो ।



    त्यसै गरी राष्ट्र बैङ्कले स्थानीय तहमा जाने बजेटको ८० प्रतिशत रकम निक्षेपमा गणना गर्न पाउने व्यवस्था गरेको छ । केन्द्रीय बैङ्कले सोमबार एक सर्कुलर जारी गर्दै त्यस्तो व्यवस्था मङ्गलवारदेखि नै लागु हुने भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार