Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरमा ट्याक्टरबाट खसेर एक जनाको ज्यान गएको छ ।

जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर १९ बागफाँटाका ३२ वर्षीय सुरेन्द्र बिष्टको ट्याक्टरबाट खसेर मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक केशव भट्टले जानकारी दिए ।

ट्याक्टर चालक सोही ठाउँ बस्ने ३८ वर्षीय भूपेन्द्र सिंह धामीलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077