Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सशस्त्र प्रहरीद्वारा पेस्तोल र गाँजासहित युवक पक्राउ

महोत्तरी । सशस्त्र प्रहरीले महोत्तरी जिल्लाको लोहरपट्टी नगरपालिका ९ स्थित पिपराडीबाट पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही ठाउँ बस्ने २४ बर्षिय मोहमद राजा कवाडी छन् । कवाडीलाई सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश खुट्टापिपराडीले पौष १८ गते मेडईन यू.एस.ए. लेखेको १ नाल पेस्तोलसहित पक्राउ गरेको हो।

सशस्त्रका अनुसार उनको साथबाट पेस्तोलसहित ११ वटा नाईट्रोभेट ट्याब्लेट र १० ग्राम गाँजा समेत बरामद गरिएको थियो।

पक्राउ परेका कवाडीलाई बरामद पेस्तोल तथा लागूऔषधसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको सशस्त्रले जनाएको छ।

यसैगरी, बारा जिल्लाको सीम्रौणगढ नगरपालिका-६ स्थित सीमा नाकाबाट सोमबार सशस्त्र प्रहरीले ८ लाख नेपाली रुपैयाँसहित भारत घर बताउने विकी
कुमार दासलाई पक्राउ गरेको छ ।

नम्बर प्लेट नभएको मोटरसाईकलमा भारतबाट नेपालतर्फ आउँदै गरेकादासलाई सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय
महोत्तरी र बोर्डर आउट पोष्ट गोलागंजले पक्राउ गरेको हो।

पक्राउ परेका दासलाई आवश्यक कानुनी कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय बारामा बुझाइएको बोर्डर आउट पोष्ट गोलागंजले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077