काठमाडौँ । डिल्लीबजार कारागारमा आजीवन जेलको सजाय काटिरहेका निलम्बित सांसद रेशम चौधरीले नयाँ पार्टी गठन गरेका छन्।
जसपा कार्यकारिणी सदस्य समेत रहेका चौधरीले सोमबार श्रीमती श्रेष्ठ रञ्जिताको अध्यक्षतामा 'नागरिक उन्मुक्ति' नामको नयाँ पार्टी गठन गरेका हुन्।
नयाँ पार्टी दर्ता गर्न श्रेष्ठसहितको टोली सोमबार मध्याह्न निर्वाचन आयोगमा पुगेको थियो । यसअघि चौधरीले आफ्नै अध्यक्षतामा उक्त पार्टी गठन गर्न खोजेका थिए। तर, त्यो सम्भव नभएपछि चौधरीले आफ्नी श्रीमती रन्जिताको नाममा नयाँ पार्टी गठन गरेका हुन्।
ठूला राजनीतिक दल, आफू आवद्ध मधेसवादी दलबाट निकास ननिस्केको, थारूहरूको छुट्टै पहिचान बनाउन खोजेको र अरूको झोला नबोक्ने निष्कर्षसाथ पार्टी गठन गरिएको श्रेष्ठको भनाइ छ।
चौधरी टीकापुर घटनामा एसएसपी लक्ष्मण न्यौपानेसहितको हत्या आरोपमा जेलमा छन् ।