काठमाडौँ । श्रीलंकाका पूर्वक्रिकेटर सनथ जयसूर्या आफ्नो देशका लागि खेलमा लिजेन्ड मानिन्छन् । श्रीलंकाका पूर्वकप्तान समेत रहेका उनले सन्यास लिनुअघि टेष्टमा ६,९७३ रन र एकदिवसीयमा १३,४३० रन बनाएका थिए ।
सबैभन्दा उत्कृष्ट ब्याट्सम्यान मध्येका एक उनी विवादबाट भने कहिल्यै टाढा भएनन् – चाहे आईसीसी भ्रष्टाचार विरोधी टोलीलाई सहयोग गर्न असफल भएकोमा होस् या आफ्नी तत्कालीन प्रेमिका र पछि श्रीमती मलिका सिरिसेनाको सेक्स भिडियो लिक गरेको आरोपमा होस्।
भारतीय समाचार जी न्युजका अनुसार सन् २०१७मा जयसूर्यामाथि आफ्नो तत्कालीन प्रेमिका मलिका सिरिसेनाको सेक्स टेप लिक गरेको आरोप लागेको थियो। यसमा उनले ठूलो विवाद समेत चर्काएका थिए । जहाँ उनलाई कथित रूपमा आफ्नी पूर्व प्रेमिकासँग देखाइएको छ । त्यतिबेला उक्त भिडियो व्हाट्सएप र अन्य सोशल मिडिया प्लेटफर्महरूमा पनि व्यापक रूपमा प्रसारित भएको थियो ।
मलिका एक बिजनेस टाइकुनकी पत्नी हुन् र उनले सेक्स टेप लिकको लागि जयसूर्यालाई दोष दिएकी थिइन् । मलिकाले आफ्नो जयसूर्यासँग इन्गेजमेन्ट भएको र इन्गेजमेन्ट एउटा सानो मन्दिरमा भएको दाबी समेत गरेकी थिइन्। यस घटनामा कोलम्बो टेलिग्राफले पहिलो पटक रिपोर्ट गरेको थियो ।
स्मरणीय रहोस् श्रीलंकाका पूर्वकप्तान समेत रहेका जयासूर्याले तीन पटक विवाह गरेका थिए । तर उनको तीनवटै विवाह असफल भएको थियो।
Leave a Reply